मखन आगलागी घटना छानबिन गरेर १० दिनभित्र रिपोर्ट बुझाउन उपप्रमुख डंगोलको निर्देशन

२०८२ जेष्ठ ४, आईतवार

काठमाडौँ : काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले वैशाख ३१ गते काठमाडौँ महानगरपालिकाको वडा–२४ मखनटोलमा भएको आगलागीको घटना छानबिन गर्न प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निर्देशन दिएकी छन् । उपप्रमुख डंगोलले गुरागाईँलाई प्रभावकारी छानबिन समिति बनाएर १० दिनभित्र रिपोर्ट बुझाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

वैशाख ३१ गते मखनमा आगलागी हुँदा चार वटा घरमा क्षति पुगेको थियो भने एक जनाको आगलागीमै जलेर ज्यान गएको थियो । आगलागीबाट दयाराम श्रेष्ठको घर पूर्णरुपमा क्षति भएको थियो भने सँगैको रुकेश श्रेष्ठको पाँच तले घर र त्योसँगै रहेको कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा पनि क्षति भएको थियो । आगलागीको घटना लगत्तै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख डंगोलले स्थगत अनुगमन गरेकी थिइन् ।

‘वैशाख ३१ मा आगलागी भएपछि म आफैँ अनुगमनमा गएर त्यहाँको वस्तुस्थिति बुझेकी थिएँ,’ डंगोलले भनिन्, ‘काठमाडौँ महानगरपालिकाको दमकल भएको ठाउँबाट केही मिनेटकै दूरीमा आगलागी हुँदा पनि समयमै नियन्त्रणको प्रयास भएन भन्ने जस्ता गुनासाहरू पनि आएका छन् । यी सबै कुरालाई ध्यानमा राखेर तुरुन्तै छानबिन समिति बनाएर त्यो समितिलाई १० दिनको म्याद भित्र रिपोर्ट बुझाउन लगाउनु भनेर मैले प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार