दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

२०८२ जेष्ठ ४, आईतवार

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो।

सो क्रममा अदालतले राज्य विरुद्धको कसुरमा थप ४ दिन म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार