सुदूरपश्चिम प्रदेशको वनमन्त्रीमा चौधरी नियुक्त

२०८२ जेष्ठ ४, आईतवार

काठमाडौँ : सुदूरपश्चिम प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी नियुक्त भएका छन् ।

आइतबार मुख्यमन्त्री कमल बहादुर शाहले चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् । चौधरीको सपथ ग्रहण आजै साँझ ५ बजेका लागि तय गरिएको छ ।

आर्थिक लेनदेनको अडियो बाहिरिएपछि यसअघिका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिए दिएपछि उक्त मन्त्रालय मन्त्रीविहिन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार