हुन्डीको २० लाखसहित बाह्रबिसेका बस्नेत पक्राउ

२०८२ जेष्ठ ४, आईतवार

काठमाडौं : हुन्डी कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ पलाती घर भएका २४ वर्षीय सञ्जय बस्नेत छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

उनीबाट २० लाख २९ हजार ६२० रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ । उक्त रकम हुन्डी कारोबार गर्नका लागि बोकिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार