काठमाडौं : जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पाँच लाख धरौटीमा छुटेका छन्।
जिल्ला अदालत ललितपुरले यादवलाई पाँच लाख धरौटीमा छाड्न आदेश गरेको हो। न्यायाधीश टेकराज जोशीको एकल इजलासले यादवलाई धरौटीमा छाड्न आदेश गरेको हो। यादव ठगी तथा आपराधिक विश्वासघात मुद्दामा गत वैशाख ७ गते सप्तरीबाट पक्राउ परेका थिए।
उनीविरुद्ध पार्टीकै नेताहरूले मुद्दा लगाएका थिए। पार्टीले उनलाई हिसाब नबुझाएको, रकम अनियमितता गरेकोलगायतका आरोपहरू लगाउँदै आएको छ। पार्टीभित्र विवाद मौलाउँदै गएपछि यादवसहित राष्ट्रिय उपाध्यक्ष तथा पार्टीको अनुशासन समिति संयोजक दीपक कुमार साह निलम्बन भएका छन्।





