दक्षिण कोरियाले गर्‍यो १० नेपालीलाई निष्कासन

२०८२ जेष्ठ ५, सोमबार

काठमाडौं : दक्षिण कोरियाले १० जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई दक्षिण कोरियाको अध्यागमनले निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा चार जना अध्यागमन कानुन उल्लंघन गर्नेहरू छन्। जसमा सम्बाहम्बे, गौतम, गुरुङ र थापा थरका एक-एक जना रहेका छन्। उनीहरूलाई गत मे १६ तारिखमा नेपाल फर्काइएको हो। स्रोतका अनुसार कोरियन एयरलायन्सको विमानबाट उनीहरूलाई काठमाडौं ल्याइपुर्‍याएको हो।

त्यस्तै भिसा म्याद सकेर लुकीछिपी बस्ने ६ जनालाई त्यहाँको अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा थापा, तिवारी पुन, अधिकारी, पुन र घर्ती क्षेत्री थरका एक-एक जना रहेका छन्। स्रोतका अनुसार उनीहरूलाई १५ तारिखमा थाई यएरवेजको विमानबाट काठमाडौं फर्काइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार