हिन्दू धर्मले अहिंसा र बन्धुत्वमा विश्वास गर्छ, तर तीनकुनेमा त्यस्तो देखिएन : गृहमन्त्री

२०८२ जेष्ठ ५, सोमबार

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताएका छन्। प्रतिनिधिसभामा सोमबार सांसदहरुका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले कुनैपनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्न नहुने र धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अभिष्ट पूरा गर्ने काम गर्न नहुनेमा जोड दिए।

‘कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न हुँदैन, कुनैपनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्नु हुँदैन,’ लेखकले भने, ‘धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अभिष्ट पूरा गर्ने काम गर्नु हुँदैन। कुनैपनि हिंसात्मक घटनालाई धर्मको आवरणमा उन्मुक्ति दिन मिल्दैन। कुनै धर्म उत्कृष्ट र कुनै धर्म अनुत्कृष्ट भन्ने होइन।’

उनले थपे, ‘तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै धर्म र आस्थासँग जोडेर हेर्न मिल्दैन। हिन्दू धर्मले अहिंसा, शान्ति र वन्धुत्वमा विश्वास गर्दछ। त्यो दर्शन र आदर्श तीनकुनेमा देखिएन। हिंसालाई धर्मसँग जोड्न सकिँदैन। तीनकुनेमा गरिएको राजतन्त्र वकालतको विषय नेपालको संविधान विपरित छ। जसलाई कुनैपनि विषयमा उचित मान्न सकिँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार