काठमाडौं : बीमित, अभिकर्ता तथा कर्मचारीलाई लक्षित गर्दै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘प्रेम दरवार होटल’सँग सहकार्य गर्दै विशेष छुट योजना ल्याएको छ।
सम्झौतासँगै अब बीमित, अभिकर्ता तथा कर्मचारीहरूले प्रेम दरवार होटलको जिपलाइन टिकटमा ५० प्रतिशत र होटलका सम्पूर्ण सेवामा ३५ प्रतिशतसम्म छुट पाउने भएका छन्। कम्पनी र प्रेम दरवार प्रा. लि. बीच हालै सम्पन्न सम्झौता अनुसार बीमितहरूले मोबाइल एपमा रहेको ‘प्रिभिलेज कार्ड’ देखाएर छुटको सुविधा लिन सक्नेछन्। त्यस्तै अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीद्वारा जारी परिचयपत्र पेस गरी सो सुविधा उपयोग गर्न सक्नेछन्।
छुट पाउनका लागि प्रेम दरवार होटलको टिकट काउन्टरमा गई जिपलाइनको टिकट खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ। कम्पनीले सेवा सहज, छरितो र प्रभावकारी बनाउने उद्देश्यले ‘प्रिभिलेज कार्ड’ सुरु गरेको बताएको छ। स्मार्ट बीमा सेवा विस्तारका लागि आइएमई लाइफले पछिल्लो समय डिजिटल प्रविधिमा जोड दिइरहेको छ। यसअघि कम्पनीले मोबाइल एपमार्फत बीमा दाबीको प्रक्रिया सहज बनाउँदै पचास प्रतिशतसम्म अग्रिम भुक्तानीको व्यवस्था गरिसकेको छ।
प्रेम दरवार होटलसँगको सहकार्य कम्पनीका बीमित तथा कर्मचारीहरूका लागि मनोरञ्जनात्मक र सन्दर्भअनुकूल छुट योजना भएको कम्पनीको भनाइ छ। यसबाट ग्राहक सन्तुष्टि अभिवृद्धि हुने कम्पनीको विश्वास छ।





