काठमाडौं : इन्डियन प्रिमियर लिग(आइपीएल)मा सनराइजर्स हैदराबादसँग पराजित हुँदा लखनउ सुपर जायन्सको प्लेअफ सम्भावना सकिएको छ।
हैदराबादले लेखनउलाई ६ विकेटले हराउँदै प्लेअफ दौडमा ब्रेक लगाएको छ। लखनउस्थित, भरत रत्नश्री अटल बिहारी भाजपाए एकना क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले २०५ रन बनाएको थियो। लखनउले दिएको २०६ रनको विजयी लक्ष्य पछाएको सनराइजर्सले १८.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
हैदराबादका लागि ओपनर ब्याटर अभिषेक शर्माले १८ बलमा अर्धशतक पूरा गर्दै आक्रमक पारी खेलेका थिए। उनले २० बलमा ४ चौका र ६ छक्कासहित सर्वाधिक ५९ रन बनाए। अर्का ओपनर अथर्व तैडीले १३ रन बनाए। तेस्रो क्रममा आएका हिसान किसानले ३५ हेनरिच काल्सिनले ४७, कामिन्डु मान्डीसले ३२ रन बनाए। अनिकेत बर्मा र नितेशकुमार रेडी समान ५/५ रनमा अविजित रहे।
लखनउका लागि बलिङतर्फ दिग्वेश राठी ले सर्वाधिक २ विकेट लिए विल ओ’ रोर्के र सार्दुल ठाकुरले १-१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २०५ रन बनाएका थियो। लखनउको लागि ओपनर ब्याटर मिचेल मार्सले सर्वाधिक ६५ रनको अर्धशतकीय पारी खेले। उनले ३९ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।
अर्का ओपन ब्याटर एडन मक्रमले ६१ रन बनाए। कप्तान ऋषभ पन्त भने दोहोरो अङ्क बनाउन नपाउँदै कट् एण्ड बोल्ड भए। निकोलस पुरनले ४५ रन बनाए अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन्।
हैदराबादका लागि बलिङतर्फ ईसान मालिङ्गाले सर्वाधिक २ विकेट लिए। हर्ष दुवे, हर्षल पटेल र निकेश कुमार रेड्डीले १-१ विकेट लिए।हैदराबादसँगको हारसँगै लखनउले आफ्नो प्लेअफ सम्भावना सकाएको छ। लखनउले १२ खेलमा पाँच जित र सात हारसहित १० अङ्क जोडेको छ। हाल लखनउ अंक तालिकाको सातौं स्थानमा रहेको छ।





