काठमाडौं : सप्तरीको कंचनरुप नगरपालिकामा एकै दिन दुई छुट्टा छुट्टै स्थानबाट एक युवती सहित २ जनाको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।
ईलाका प्रहरी कार्यालय कंचनपुृरका अनुसार आईतवार दिउसो र साँझ क्रमश कंचनरुप नगरपालिका ३ तत्मा टोलमा आफनै घरमा झुण्डिएको अवस्थामा १७ वर्षिया नन्दिनी कुमारी दास र कंचनरुप नगरपालिका ८ स्थित सिंचाई कार्यालयमा २० वर्षिय कमलाकान्त महात्मान यादवको मृत शरीर झुण्डिएको अवस्थामा फेला परेको हो ।
नन्दिनीको दिउँसो ३ बजेतीर साडीको पासो लगाइ झुण्डिएको अवस्थामा मृत शरिर फेला परेको छ भने साँझ ६ बजेतीर कमलाकान्त सिचाई कार्यालयको प्रमुखको कार्यकक्षमा रहेको सिलिङ्ग पंखामा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
सिंचाई कार्यालयमा सुरक्षागार्ड पदमा कार्यरत सप्तरीको तिरहुत गाउँपालिका ३ का महेन्द्र महात्मन यादवका छोरा कमलाकान्त बुवालाई भेटन आएको बेला के कारणले झुण्डिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।





