राप्रपा सांसद कार्कीको कटाक्ष: कांग्रेस सांसदहरू प्रधानमन्त्री खोज्न जानुभयो कि गभर्नर खोज्न ?

२०८२ जेष्ठ ६, मंगलवार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले कांग्रेस सांसदहरूको उपस्थिति संसद्‍मा कम रहेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले कांग्रेस सांसदहरू संसद्‍मा कम रहेको बताइन् । ।

‘आज त नेपाली कांग्रेसका माननीयज्युहरू त सात, आठ जनादेखि बढ्ता त देखिँदैन नि । उहाँहरू कता जानुभयो ? गभर्नर खोज्न जानुभयो कि प्रधानमन्त्री खोज्न जानुभयो ? तपाईंहरू एकदमै कम संख्यामा हुनुहुन्छ, ठूलो पार्टी भएको भएर मलाई त शंका लागेको छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार