गभर्नर सिफारिस समितिको बैठक आह्वान

२०८२ जेष्ठ ६, मंगलवार

काठमाडौं : नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गभर्नर छनोट समितिले बैठक आह्वान गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज दिउँसो भेटवार्ता भएसँगै अर्थमन्त्री विष्णु पौडेलले समितिको बैठक बोलाएका हुन्।

गभर्नर छनोट सिफारिस समितिको बैठक ४ बजे बस्ने गरी बोलाइएको छ।

अर्थमन्त्री अध्यक्ष रहेको गभर्नर छनोट सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद डा. पोषराज पाण्डे सदस्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार