ओली-देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति

२०८२ जेष्ठ ६, मंगलवार

काठमाडौं : नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच समहति जुटेको छ।

मंगलबार भएको छलफलमा उनीहरूबीच पौडेललाई गभर्नर बनाउने सहमति जुटेको हो। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेल यसअघि गभर्नर सिफारिस समितिमा रहेकोमा कांग्रेसले गभर्नरका लागि अघि सारेको थियो। त्यसपछि उनले सिफारिस समितिबाट राजीनामा दिएका थिए।

पौडेलको नाममा सहमति जुटेसँगै प्रधानमन्त्री ओलीले बेलुकी ५:३० बजे बस्नेगरी मन्त्रिपरिषद्‌ बैठक डाकेका छन्‌। आजै उपप्रधान तथा अर्थमन्त्री नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक पनि बस्ने भएको छ। उक्त बैठकले गभर्नरका लागि पौडेलसहित तीनजनाको नाम सिफारिस गर्दैछ। समितिको सिफारिस अनुसार आजै बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार