काठमाडौँ परिसरबाट भागेका थुनुवा असनबाट पक्राउ

२०८२ जेष्ठ ७, बुधबार

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँबाट भागेका थुनुवा पक्राउ परेका छन्।

अभद्र व्यवहारको मुद्दामा थुनामा रहेका निशान परियार बुधबार दिउँसो भद्रकालीतर्फ भागेका थिए। उनलाई साँझ असनको यटखाबाट पक्राउ गरिएको परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। स्वयम्भू  वृत्तबाट म्याद थपका लागि ल्याइएका परियार दिउँसो १ बजेतिर परिसरको गेटबाटै भागेका थिए।

उनी भागेको गेटका प्रहरीले समेत सुइँको पाएका थिएनन्।पछि सीसीटीभी फुटेजमा उनी भद्रकालीतर्फ भागेको र हतकडी पनि नलगाइएको खुलेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार