काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य १७ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ७ सय रूपैयाँले बढेर १ लाख ९१ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ९० रूपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर २ हजार २५ रूपैयाँ कायम भएको छ ।





