काठमाडौं : बैतडी सदरमुकाम भएर भूकम्प भएको छ ।
सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १:४८ बजे पाँच दशमलव एक र २:०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो । लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए ।
भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए । भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् । मानवीय क्षतिको विवरण प्राप्त नभए पनि केही पुराना घरहरू चर्किएको पाइएको छ ।





