एमाले धनुषामा भोला यादव नेतृत्वको समूह विजयी

२०८२ जेष्ठ ९, शुक्रबार

धनुषा : नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनुषा जिल्ला कमिटीको आठौँ अधिवेशनले भोला यादव नेतृत्वको समूहलाई चयन गरेको छ ।

उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी लक्ष्मीनारायण यादवलाई २०२ मतले पराजित गर्दै विजयी भएका हुन् । यसैगरी, उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दीपनारायण ठाकुर, उपसचिवमा सविनविक्रम थापा विजयी भएका छन्।

महिला उपसचिवतर्फ रुकाकुमारी मिश्र र लेखा समितिको संयोजकमा वीरेन्द्रलाल कर्ण निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार