चलचित्र ‘नरसिंहा अबतार’ आजबाट प्रदर्शनमा

२०८२ जेष्ठ ९, शुक्रबार

काठमाडौं : राजेश हमाल मुख्य भूमिकामा रहेको चलचित्र ‘नरसिंहा अबतार’ आजबाट प्रदर्शनमा आएको हो ।

राजेश हमालको यो आठ वर्षपछिको कमब्याक हो । राजेश आठ वर्षपछि फिचर फिल्ममार्फत अभिनयमा फर्किएका हुन् । दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा राजेशसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाहीलगायत कलाकारको अभिनय छ ।

क्रिएटिभ सिने आर्टसको ब्यानरमा बनेको यो सिनेमामा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ । राजु विक्रम थापाको छायांकन तथा साहिल खानको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार