काठमाडौं : दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ। शनिबार जयपुरमा खेलिएको यस खेलमा पञ्जाबले श्रेयस अय्यरको अर्धशतकीय पारीको मद्दतले २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको थियो।
पञ्जाबले दिएको २०७ रनको लक्ष्य दिल्लीले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । रिज्भीले २५ बलमा अविजित ५८ रनको पारी खेले । करुण नायरले ४४ तथा केएल राहुलले ३५ रन बनाए । पञ्जाबका हरप्रित ब्रारले २ विकेट लिँदा प्रविण दुबे र मार्को यानसेनले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर २०६ रन बनाएको थियो । कप्तान श्रेयस अय्यरले ५३ रन बनाउँदा मार्कस स्टोइनिसले १६ बलमा अविजित ४४ रन बनाए ।
दिल्लीका मुस्तफिजुर रहमानले ४ ओभरमा ३३ रन दिएर ३ विकेट लिए । विपराज निगम र कुलदीप यादवले २-२ तथा मुकेश कुमारले १ विकेट लिए ।





