एमाले सचिवालय बैठकले पाण्डे र तिमिल्सिनाको निलम्बन फुकुवा गर्ने

२०८२ जेष्ठ ११, आईतवार

काठमाडौं : नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। आइतबार (आज) दिउँसो २ बजे बस्नेगरी बैठक सचिवालय बैठक बोलाइएको नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्नेछ। बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन्।

यसअघि कारबाहीमा परेका बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनाको कारबाही फुकुवासमेत हुन सक्ने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार