काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ४ सय रूपैयाँले बढेर १ लाख ९१ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार ५ रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको छ ।





