नेप्से परिसूचक ८.५७ अंकले गिरावट

२०८२ जेष्ठ ११, आईतवार

काठमाडौँ : साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ८.५७ अंकले घटेर २६७९.९८ विन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंकले घटेको छ।

आइतबार कारोबारमा आएका ३१४ कम्पनीको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ रुपैयाँ बराबरको कारोबार भएको छ । गत साताको अन्तिम कारोबारमा ९ अर्ब ८२ करोड २० लाख ७० हजार रुपैयाँबराबरको कारोबार भएको थियो । आइतबार ९९ वटा कम्पनीको मूल्य बढे पनि १४८ वटाको भने घटेको छ। एउटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

आइतबार नेप्सेका १३ उपसमूहमध्ये १२ वटा उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको मात्रै परिसूचक बढेको छ । जसमा माईक्रोफाइनान्स उपसमूहको ११२.९९ अंकले बढ्दा अन्य १२ उपसमूहको परिसूचक उच्च अंकले घटेका छन् । जसमा सबैभन्दा पनि होटल तथा पर्यटन उपसमूहको परिसूचक १२१ .२७ अंकले घटेको छ ।

नेप्से परिसूचक घटे पनि आइतबार ओम मेगाश्री फम्र्यास्युटिकल्सको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै,महुली लघुवित्त, रिभर फल्स पावर लिमिटेड, उन्नति सहकार्य लघुवित्त र सूर्योदय वोमी लघुवित्तको सेयर मूल्य बढेको छ।

तर सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, दोर्दी खोला जलविद्युत्, ग्रिन डेभलपमेन्ट बैंक, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्य घटेको छ। आइतबार राधी जलविद्युत कम्पनीको ७१ करोडको सेयर किनबेच भएको छ ।युनिभर्सल पावर कम्पनी ३० करोड, ङादी ग्रुप पावर २९ करोड कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार