गुणाकर भट्टको राजीनामा अस्वीकृत, पुनः जिम्मेवारीमा फर्किए

२०८२ जेष्ठ ११, आईतवार

काठमाडौं : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणकर भट्टको राजीनामा अस्वीकृत भएको छ ।

गभर्नर विश्वनाथ पौडेलले भट्टको राजीनामा अस्वीकृत गरेर उनलाई पुनः जिम्मेवारीमा फर्काएका हुन् । नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले राजीनामा दिएर बसेका भट्टलाई कार्यालय फर्किन फकाएका छन् । भट्टलाई गभर्नर कार्यालको जिम्मेवारी दिइएको छ । यसअघि अनुसन्धान विभागमा रहेका भट्टलाई पौडेलले गभर्नरको कार्यालय ल्याएपछि रिक्त रहेको अनुसन्धान विभागमाको नेतृत्व डा. रामशरण खरेललाई दिइएको छ ।

यसअघि मानव संशाधन विभागमा रहेका खरेललाई अनुसन्धान ल्याएपछि खाली भएको विभागको जिम्मेवारी कार्यकारी निर्देशक विश्रुत थापालाई दिइएको छ ।राष्ट्र बैंकले भट्टलाई नयाँ जिम्मेवारी दिएको र भट्ट काम विशेषले बाहिर रहेकोले दुुई–चार दिनमै उनले आफ्नो जिम्मेवारी बहन गर्न आउने पनि राष्ट्र बैंकले जानकारी दिएको छ। नेपाली कांग्रेसले गभर्नर बनाउने आश्वासन दिएपछि भट्टले गत वैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए ।

तर कामु गभर्नर नीलम ढुंगाना तिम्सिनाले भट्टको राजीनामा स्वीकृत गर्न मानिनन् । प्रतिस्पर्धी रोक्ने नियतले नीलमले भट्टको राजीनामा पूर्णगभर्नर आएपछि मात्रै निर्णय हुने बताउँदै आएकी थिइन् । नीलमले राजीनामा स्वीकृत नगरेपछि गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका डा. विश्व पौडेललाई सरकारले गभर्नर सिफारिस गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार