काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर १ लाख ९१ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार ५ रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको छ ।





