बालिका बलात्कार आरोपमा दुई पक्राउ

२०८२ जेष्ठ १२, सोमबार

सङ्खुवासभा : दुई बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चिचिला गाउँपालिका–२ का ३५ वर्षीय तुफान राई, चिचिला–३ का २८ वर्षीय प्रकाश राई रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । आरोपित दुवै जनालाई खाँदबारी नगरपालिका–१ बाट गत शुक्रबार पक्राउ गरिएको हो । उनीहरूले दुई बालिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको आरोप पीडित पक्षको छ ।

प्रहरीले जिल्ला अदालतबाट आइतबार म्याद थप गरेर आरोपितबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार