नेतालाई गभर्नर बनाएको भन्दै सर्वोच्चमा रिट दर्ता

२०८२ जेष्ठ १३, मंगलवार

काठमाडौं : नवनियुक्त गभर्नरमा डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। गत शुक्रबार पेश गरिएको रिट आज दर्ता गर्दै सर्वोच्चले बुधबार पेसीसमेत तोकेको छ।

गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबफसहित गभर्नर पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेश गरिएको हो।

अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको बर्खिलाफ राजनीतिक स्वार्थको व्यक्तिलाई गैर कानुनी तवरले नियुक्ति गरिएको दाबी रिट निवेदनमा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार