‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरमा ‘वर्ल्डलिंक’

२०८२ जेष्ठ १३, मंगलवार

काठमाडौँ : इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले चर्चित बाल गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरको रूपमा सहकार्य गर्ने भएको छ।

सिजनको सुरुवात आगामी असार १ गतेदेखि हरेक आइतबार र सोमबार बेलुका ८:३० बजे स्पेश फोर के टेलिभिजन तथा डोको युट्युब च्यानलमार्फत प्रसारण हुनेछ। करिब तीन वर्षको अन्तरालपछि पुनः सुरु हुन लागेको शो यसपटक अझ भव्य र संगीतमय शैलीमा प्रस्तुत हुने नोबडी प्रोडक्शनको दाबी छ।

निर्णायकमा दीप श्रेष्ठसहित सुबानी मोक्तान र स्वप्न सुमन रहने छन्। साथै, दस जना ग्रान्ड जुरी सदस्यहरूले पनि प्रतिस्पर्धीहरूको मूल्याङ्कनमा साथ दिनेछन्। कार्यक्रमको सञ्चालन कमेडियन सुमन कार्कीले गर्नेछन्। ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ मा ३१ एपिसोड रहनेछन्, जसमा पहिलो एपिसोडदेखि नै बालप्रतिभाहरूको प्रस्तुति दर्शकहरूलाई प्रभावित पार्ने अपेक्षा गरिएको छ।

नेपाल मात्र नभई विश्वभर छरिएका नेपाली समुदायका लागि पनि यो कार्यक्रम प्रसारित हुनेछ। अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरियालगायतका देशहरूमा रहेका दर्शकहरूले कार्यक्रम हेर्न, प्रतिस्पर्धीसँग जोडिन सक्नेछन्। यसले कार्यक्रममा अन्तरक्रियात्मकता र समावेशिता थप्ने अपेक्षा गरिएको छ

सहकार्यको सन्दर्भमा वर्ल्डलिंकका निर्देशक मनोज अग्रवालले , ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ जस्ता कार्यक्रमहरूले बालबालिकाको कला र क्षमता उजागर गर्ने मात्र होइन, राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने महत्वपूर्ण भूमिका खेल्दछन्। यस सहकार्यले हामीलाई नेपाली आवाज, सपना र सम्भावनासँग अझ गहिरो सम्बन्ध गाँस्ने अवसर प्रदान गरेको छ, जसले हामीलाई अत्यन्तै गौरव महसुस गराएको छ।’

उनले वर्ल्डलिंकले डिजिटल माध्यममार्फत लाखौं दर्शकसम्म नेपाली आवाज पुर्‍याउन र प्रतिभालाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार