जेठ १५ गतेको लोकसेवाको परीक्षा स्थगित

२०८२ जेष्ठ १३, मंगलवार

काठमाडौं : लोकसेवा आयोगको यही जेठ १५ गते काठमाडौंमा तय भएको परीक्षा स्थगित भएको छ।

सोही दिन सरकारको नेतृत्वकर्ता नेकपा एमाले र राजावादीहरुले गर्न लागेको प्रदर्शनलाई लक्षित गरी लोकसेवा आयोगले परीक्षा तालिका संशोधन गरेको हो। जेठ १५ गते नेपाल विद्युत प्राधिकरणका रिक्त पदहरुका लागि लोकसेवा आयोगले परीक्षा सञ्चालन गर्ने तालिका थियो ।

परीक्षाका लागि झण्डै ५ हजार जनाले दरखास्त फारम भरेका छन् । जेठ १५ गतेको आान्दोलन एवं विभिन्न प्रदर्शनबाट सम्भावित सुरक्षा चुनौतीलाई हेरेर परीक्षा सारिएको हाे । अब परीक्षा २४ गतेलाई तय गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार