काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १ हजार ६ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ९ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ६ सय रूपैयाँले घटेर १ लाख ८९ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ९५ रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँ बढेर २ हजार ५ रूपैयाँ कायम भएको छ ।





