डालेघाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु

२०८२ जेष्ठ १४, बुधबार

काठमाडौं : सिन्धुलीमा डालेघाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

तीनपाटन–११ भोक्टिनीकी ६१ वर्षीया भुइँमाया तामाङको घरबाट १५० मिटर उत्तरमा रहेको बडहरको रुखमा घाँस काट्ने क्रममा लडेर मंगलबार मृत्यु भएको हो । घटनाको जानकारीपछि प्रहरी चौकी चकमकेको टोली पुगेर पोस्टमार्टमको प्रक्रिया अघि बढाएको थियो ।

पोस्टमार्टमपश्चात् मृतकको शव आफन्तले बुझेर लगेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार