गृहमन्त्रीले भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्ने

२०८२ जेष्ठ १४, बुधबार

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नताबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्ने भएका छन् ।

बुधबार बेलुका ५ बजे संघीय संसद् भवन ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गरिएको मन्त्री लेखकको सचिवालयले जनाएको छ।

मंगलबार र बुधबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लेखकले बोल्न नपाएपछि पत्रकार सम्मेलनमार्फत उक्त प्रकरणबारे प्रष्टीकरण दिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार