आमा-छोरी मृत फेला

२०८२ जेष्ठ १४, बुधबार

काठमाडौं : सङ्खुवासभाको चैनपुर नगरपालिका–११ लुहाकोटमा आमा छोरी मृत भेटिएका छन्।

आज दिउँसो करिब १ बजे सोही स्थान बस्ने कृष्णप्रसाद त्रितालकी श्रीमती वर्ष ४२ की सीता खनाल त्रिताल आफ्नै घरको सुत्ने कोठाभित्र ७२ दिनकी शिशुसहित मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

घटनाको कारण खुल्न नसकेको प्रनाउ बस्नेतले बताए। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार