नागढुंगामा बस दुर्घटना हुँदा ३ जना घाइते

२०८२ जेष्ठ १५, बिहीबार

काठमाडौँ : काठमाडौँको नागढुंगा नजिकै आज बिहान बस पल्टिँदा तीन जना यात्रु घाइते भएक छन्।

नागढुंगा-नौबिसे सडकखण्डमा पर्ने नाग मन्दिर नजिकै आज बिहान तीन बजेतिर  दाङबाट काठमाडौँ आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस पल्टिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी दिपक गिरीले जानकारी दिए।

बस सडकबाट तल नालीमा खस्दा तीन जना घाइते भएका उनले बताए। उकालोमा ब्रेक नलागेर बस ब्याक भएर नालीमा खसेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार