नयाँ बजेटमा सबै पक्षको सकारात्मक प्रतिक्रिया आयो : विष्णु रिमाल

२०८२ जेष्ठ १६, शुक्रबार

काठमाडौँ : सत्तारुढ दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बिहीबार संसद्मा पेस गरिएको नयाँ बजेटमा सबै पक्षको सकारात्मक प्रतिक्रिया आएको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बजेटमा खोट देखाउने ठाउँ नपाएपछि कतिपयमा बजेटले नराम्रै गर्छ भनेर कसरी देखाउने भन्ने चिन्ता परेको बताए ।

रिमालले विभिन्न दल र सार्वजनिक जीवनमा चिनिएकाहरू पनि ‘नराम्रो भन्ने नसक्ने र राम्रो भन्न पनि मन नलाग्ने’ द्विविधामा परेको बताए । उनले बजेट मात्रै सबै विषय नभएको भन्दै गुण–दोष, तथ्य र तर्कका आधारमा टिप्पणी गर्नुपर्ने सुझाव समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार