काठमाडौँ : नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री अफताव आलमलाई मस्तिष्कघात भएको छ ।
मस्तिष्क घात भएपछि उनलाई शुक्रबार बिहान काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको छ । मस्तिष्क घात भएर आलम आईसीयूमा भर्ना भएका अस्पताल स्रोतले जानकारी दियो । स्रोतका अनुसार उनलाई ‘ब्रेन स्टोक’ भएको हो ।
उनले उच्च रक्तचाप, मधुमेहलगायत रोगको औषधि सेवन गरिरहेका थिए।





