काठमाडौं : टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। टिपरको ठक्करबाट बैतडी पाटन नगरपालिका-६ का ५३ वर्षीय मन्दिर सिंह बिष्टको शुक्रबार बिहान मृत्यु भएको हो।
धनगढी उपमहानगरपालिका-१३ राजपुर चोकमा अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ प २६४५ नम्बरको टिपरले उनलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।





