इजरायलको चेतावनीपछि उत्तरी गाजाको अन्तिम अस्पताल पनि बन्द

२०८२ जेष्ठ १७, शनिबार

काठमाडौँ : उत्तरी गाजामा स्वास्थ्य सेवा प्रदान गर्ने अन्तिम अस्पताल पनि बन्द भएको छ। अस्पतालका निर्देशकले इजरायली सेनाले अस्पताल तुरुन्त खाली गर्न आदेश दिएको बताएका छन्।

डा. मोहम्मद सलहाले बीबीसीसँग भने, ‘दुई हप्ताको घेराबन्दीपछि बिहीबार साँझ जबालियाको अल-अवदा अस्पतालबाट बिरामीहरूलाई निकालिएको छ।’ उनका अनुसार अब उत्तरमा कुनै पनि स्वास्थ्य सुविधा सञ्चालनमा छैन।’ इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

युद्धविराम प्रयासहरू चलिरहेका बेला यो विषय चर्चामा आएको हो। हमासले अमेरिकी युद्धविराम योजनाको ‘ध्यानपूर्वक समीक्षा’ गरिरहेको बताएको छ। ह्वाइट हाउसले यो योजनामा इजरायलले ‘हस्ताक्षर’ गरेको भनेको छ।

गाजामा इजरायलको सैन्य कारबाही जारी छ। हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा पछिल्लो २४ घण्टामा कम्तीमा ७२ जनाको मृत्यु भएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार