हात्तीको आक्रमणबाट एक किसानको मृत्यु

२०८२ जेष्ठ १७, शनिबार

सप्तरी : सप्तरीमा आज बिहान जङ्गली हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु भएको छ ।

आक्रमणबाट कञ्चनरूप नगरपालिका–१२ धरमपुर टोलका ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार घरदेखि पाँच सय मिटर पश्चिममा रहेको मकैबारीमा विष्टलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको दाह्रा उनको शरीरमा गाडिएको स्थानीय स्थानीय लिलबहादुर मगरले बताए ।

बँदेललगायत जनावरबाट मकै जोगाउन विष्ट राति एक्लै खेतमा जाने र कहिलेकाही खेतमा बनाएको टौवा (छाप्रो) मा नै सुत्ने गरेकामा आज हात्तीको आक्रमणमा परी मृत्यु भएको उनले जानकारी दिए ।

“राति २ बजेतिर हात्ती कराएको आवाज आएको थियो, त्यतिबेला नै विष्टलाई हात्तीले मारेको हुनुपर्छ । बिहान टौवा नजिक भुइँमा लडेको देखेपछि प्रहरीमा खबर गरेका थियौँ”, मगरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
1

ताजा समाचार