काठमाडौं : आज सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
भोटो जात्राको अवसरमा गृह मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरमा बिदा दिएको हो। गत फागुन १५ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै छ।





