
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्यवृद्धि गरेको हो।निगमका अनुसार, भारतीय आयल कर्पोरेसन (आईओसी) बाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ११ पैसा र डिजेलमा १ रुपैयाँ ०९ पैसाले बढेर आएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ। यसअघि यी क्षेत्रमा पेट्रोल १५७ र डिजेल/मट्टितेल १४२ रुपैयाँ प्रतिलिटर थियो।