मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु, चालक घाइते

२०८२ जेष्ठ १८, आईतवार

काठमाडौँ : काठमाडौँको चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिका-४ पानीघाटमा शनिबार राति  प्रदेश ०२–०१ प ८०६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको ककनी गाउँपालिका- १ की ३६ वर्षीया सुनिता बलामीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय काठमाडौँले जनाएको छ। मकवानपुरको चित्लाङबाट काठमाडौँ आउँदै गरेको मोटरसाइकल शनिबार राति पौने ८ बजे दुर्घटना भएको हाे।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको एपीएफ अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक ककनीकै मानबहादुर बलामी घाइते भएका छन्। उनको एपीएफ अस्पतालमै उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार