बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ जेष्ठ १८, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ३ सय रुपैयाँले बढेर १ लाख ८८ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँ बढेर १ हजार ९ सय ८५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार