आलमलाई आईसीयूबाट क्याबिनमा सारियो

२०८२ जेष्ठ १८, आईतवार

काठमाडौँ : मस्तिष्कघात भएपछि अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका नेता अफताब आलमलाई क्याबिनमा सारिएको छ।शुक्रबार बिहान मस्तिष्कघात भएपछि उनलाई अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको थियो।

तर, उनको स्वास्थ्यमा सुधार आएपछि अस्पतालको क्याबिनमा सारिएको डा.सदर गजुरेलले नेपालखबरलाई जानकारी दिए। रौतहटको बम विस्फोटका अभियुक्त आलमलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले बिहीबार सफाइ दिएपछि उनी छुटेका थिए।

रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका आलमसहित चार जनालाई जिल्ला अदालत रौतहटले २०८१ वैशाखमा जन्मकैदको फैसला सुनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार