काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छाडा भएर राजावादीले आक्रमण गरे प्रतिवाद गर्ने गरी तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
आइतबार काठमाडौंमा योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले राजावादी छाडा बनेर आफूहरूमाथि आक्रमण गर्ने कोसिस गरिरहेको बताए। प्रचण्डले राजावादीहरूले पैसाको बलमा भाडाको मान्छे ल्याएर उफार्ने काम गरेको आरोप लगाए।
उनले गणतन्त्र माओवादीको बलमा मात्रै आएको हो भन्दै प्रचार गर्न खोजिएको उल्लेख गर्दै गणतन्त्र सबै जनताको भएको भएको जिकिर गरे। माओवादी र प्रचण्डलाई एक्लो पार्ने र अरूलाई भ्रम छर्ने गरी राजावादीले कुप्रचार गरिरहेको उनले बताए।





