काठमाडौं : सोमबार छापावाल सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज १ हजार रुपैयाँले बढेर १ लाख ८९ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८५ रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँ बढेर १ हजार ९ सय ९० रूपैयाँ कायम भएको छ ।





