उपत्यकामा प्रहरीको निःशुल्क बस सञ्चालन

२०८२ जेष्ठ १९, सोमबार

काठमाडौं : व्यवसायीले सार्वजनिक यातायात सञ्चालन नगरेपछि नेपाल प्रहरीले सर्वसाधारणलाई सेवा दिन आज काठमाडौं उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको छ ।

प्रहरी प्रधान कार्यालयले विभिन्न दुईवटा रूटमा निःशुल्क बस सञ्चालन गरेको हो । प्रहरी प्रधान कार्यालय नक्सालबाट ती बस काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न गन्तव्यमा छुट्ने प्रहरीले जनाएको छ ।

नक्सालबाट बालुवाटार, महाराजगन्ज, नयाँ बसपार्क, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल रुटमा बस चल्नेछ । यस्तै नक्सालबाट रातोपुल, गौशाला, एयरपोर्ट, काटेश्वर, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, महाराजगन्ज, बालुवाटार हुँदै नक्सालसम्को रुटमा पनि प्रहरीको बस चल्नेछ ।

सायद 'यहांहरुको सुविधा तथा सहज आवतजावतका लागि नेपाल प्रहरिद्वारा नेपाल प्रहरी TATA नि :शुल्क बस सेवा सज्चालन *मिति श८શ 0२ 19t गते Starbus blbl नयाँ वसपार्क बालाजु स्वयम्भु कलंकी बल्सु चत्रप्थ सातदोबाठो एयरपोर्ट कोटेश्वर टिविड B ठिमी सल्लाघारी रुट नं.: q बालुवाटार लगनसेल गौशाला सुर्यंबिनायक © जावलाखेल 5 शापाथली माईतघर नक्साल पुतलिसडक जयनेपाल हल चावहिल रातोपुल रूट नं.: શ ® सुकेधारा नक्साल ® टिचिड वालुवाटार चत्रपथ' भन्ने पाठ को फोटो हुनसक्छ

बढी भाडा नलिन निर्देशन

प्रहरीले यात्रुसँग बढी भाडा नलिन विभिन्न राइड सेयरिङ कम्पनीका राइडरहरूलाई निर्देशन दिएको छ । बढी भाडा लिने र अफलाइन यात्रु ओसार्ने गरेको गुनासो आएपछि प्रहरीले त्यस्तो निर्देशन दिएको हो । यात्रुसँग बढी भाडा लिएको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा उजुरी दिन प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार