काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच सोमबार अपरान्ह सिंहदरबारमा भेटवार्ता भएको हो । बैठकमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् । उनीहरूबीचको छलफलमा समसामयिक राजनीति, संसद्को गतिरोधसहितका विषयमा छलफल भएको बताइएको छ ।
भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेका छन् । उक्त विषयमा पनि उनीहरूबीच छलफल भएको छ ।





