करेन्ट लागेर हात्तीको मृत्यु

२०८२ जेष्ठ २०, मंगलवार

झापा : यहाँस्थित कमल गाउँपालिका–३ रतुवामाई जङ्गलमा विद्युत् प्रवाह चुहावट (करेन्ट) हुँदा जङ्गली हात्तीको मृत्यु भएको छ।

डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको हो। उनले करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेको अवस्थामा भेटिएको जानकारी दिए।

डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार