गृहमन्त्रीको राजीनामाको अडानमा माओवादी यथावत्

२०८२ जेष्ठ २०, मंगलवार

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआइ संसद् सुचारु हुन नदिने आफ्नो अडानमा कायमै रहेको जनाएकाे छ।

प्रतिनिधिसभाको बैठक बस्नुअघि मंगलबार बिहान सभामुख देवराज घिमिरेले बोलाएको मुख्य दलका प्रमुख सचेतकहरुसँगको छलफलमा संसद् सहज रुपमा सञ्चालन गर्न गृहमन्त्रीको राजीनामा आउनुपर्ने सर्त कायमै राखेको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।। बैठकमा सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए।

यसअघि सोमबार संसद् खुलाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष तीन नेताबीचमा भएको छलफलमा पनि माओवादीले गृहमन्त्रीले राजीनामा दिएर छानबिनमा सघाउ पुर्‍याउनुपर्ने अडान राखेको थियो। गृहमन्त्रीले राजीनामा दिएपछि मात्रै संसद् सुचारु गर्न सहज वातावरण बन्ने धारणा माओवादीले राखेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार