बसको ठक्करबाट बालिकाको मृत्यु

२०८२ जेष्ठ २०, मंगलवार

कपिलवस्तु : यशोधरा गाउँपालिका-८ सिंहखोरस्थित सडकमा सिंहखोरबाट महाराजगंजतर्फ जाँदै गरेको ना.अ.प.चै.१०० नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने शिव रतन बरईकी छोरी ३ वर्षीया प्रतिभा बरईको मंगलबार बिहान मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले हाल फरार बस चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार